एन आई सी एशिया बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७६-७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस सेयर (१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
गत मंसिर २१ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाद्वारा पारित बोनस सेयर यही माघ २ गते नेप्सेमा सूचीकृत भएको हो।
उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ। साथै बोनस सेयर धितोपत्रको दोस्रो बजारमा यही माघ ५ देखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइने बैंकले जनाएको छ।
मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटीएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन्।

प्रतिक्रिया