नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको मुद्दामा सरकारी वकिलको बहस सकिएको छ।
जिल्ला अदालत काठमाडौँमा बुधबारबाट सुरु भएको सुनुवाइ आज (बिहीबार) पनि हेर्दाहेर्दैमा राखिएको हो। यो मुद्दामा अब भोलि (जेठ २९ गते) सुनुवाइ हुनेछ।
अदालत प्रशासनका अनुसार आज नेपाल सरकारका तर्फबाट बहस सकिएको छ भने भोलि जाहेरवालाहरूको बहस सुरु हुनेछ। त्यसपछि प्रतिवादीहरुको तर्फबाट बहस सुरु हुनेछ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बुधबारदेखि यो मुद्दामा सुनुवाइ अगाडि बढेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।
यो विषयमा तीन चरणमा मुद्दा दायर भएको थियो। सुरुमा २०८० जेठ १० गते पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनाविरुद्ध मुद्दा दायर भएको थियो।
२०८१ वैशाख ९ गते र २०८१ साउन २९ गते बेचन झाविरुद्ध मुद्दा दायर भएको थियो।
सुरुका प्रतिवादी रायमाझीसहितका प्रतिवादीहरु थुनामै छन् भने बेचन झा पनि थुनामै छन्। उनीहरुविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ।
यो विषयमा तीन चरणमा मुद्दा दायर भएको थियो। सुरुमा २०८० जेठ १० गते पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनाविरुद्ध मुद्दा दायर भएको थियो। २०८१ वैशाख ९ गते र २०८१ साउन २९ गते बेचन झाविरुद्ध मुद्दा दायर भएको थियो।
सुरुका प्रतिवादी रायमाझीसहितका प्रतिवादीहरु थुनामै छन् भने बेचन झा पनि थुनामै छन्। उनीहरुविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ।
यो मुद्दामा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राईलाई पनि प्रतिवादी बनाइएको छ। यस्तै बेचन झासँगै प्रतिक थापा पनि प्रतिवादी छन्।
Shares

प्रतिक्रिया