समाज


इन्डोनेसियाली विमानको ब्ल्याक बक्स खोज्दा मानव अंगहरु भेटिए!

इन्डोनेसियाली विमानको ब्ल्याक बक्स खोज्दा मानव अंगहरु भेटिए!

नेपालखबर
पुस २७, २०७७ सोमबार ६:२५,

राजधानी जकार्ताबाट शनिबार अपराह्न उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको थियो।

विमानमा चालक दलका सदस्य सहित ६२ जना सवार थिए। दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ।

यद्यपी हालसम्म मानव अंग मात्र भेटिएकाले कुनै पनि व्यक्तिको पहिचान भने भइसकेको छैन।

इन्डोनेसियाली अधिकारीहरुले राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट दुर्घटनाग्रस्त विमानको दुवै ब्ल्याक बक्स भएको स्थान पत्ता लगाएको बताइसकेका छन्।

Indonesia plane crash search finds remains, debris at sea

सोमबार भित्रमा गोताखोरहरुले ब्ल्याक बक्स समुन्द्रबाट निकालिसक्ने बताइएको छ।

यतिबेला नौसेनाले उक्त ब्ल्याक बक्सलाई प्राप्त गर्ने प्रयास गरिरहेका छन्। ब्ल्याक बक्स फेला परेसँगै दुर्घटनाको कारणहरु खुल्नेछ।

यसअघि इन्डोनेसियामा सन् २०१८ को अक्टोबर २९ मा बोइङको विमान दुर्घटनाग्रस्त बनेको थियो।

त्यसबेला ७३७ म्याक्स विमान दुर्घटनामा पर्दा उक्त विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो। एजेन्सी

याे पनि : उडेको केहीबेरमै इन्डोनेसियामा ५० यात्रु बोकेको बोइङ ७३७ विमान बेपत्ता

इन्डोनेसियामा बेपत्ता भएको विमानबारे प्रत्यक्षदर्शी माझी भन्छन्ः समुन्द्रमा खस्दा ठूलो विस्फोट भयो

इन्डोनेसियामा ६२ यात्रु बोकेर उड्नासाथ बेपत्ता विमान खसेको स्थान ‘पत्ता लाग्याे’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .