ad ad

समाज


इन्डोनेसियामा बेपत्ता भएको विमानबारे प्रत्यक्षदर्शी माझी भन्छन्ः समुन्द्रमा खस्दा ठूलो विस्फोट भयो

इन्डोनेसियामा बेपत्ता भएको विमानबारे प्रत्यक्षदर्शी माझी भन्छन्ः समुन्द्रमा खस्दा ठूलो विस्फोट भयो

नेपालखबर
पुस २५, २०७७ शनिबार १६:१,

यद्यपी सरकारी अधिकारीहरुले बिमानलाई फेला पार्न सकेका छैनन्। ६२ यात्रु बोकेको श्रीविजया एयरको बोइङ ७३७ विमान उडेको केहीबेरमै बेपत्ता भएको थियो।

स्थानीय समयअनुसार दिउँदो २ बजेर ३६ मिनेटमा विमान राजधानी जाकार्ताबाट वेस्ट कलिमनतन प्रान्तको लागि उडेको थियो।

फ्लाइटराडार२४ डटकमका अनुसार उक्त विमान एक मिनेटभन्दा कम समयमै दश हजार फिट तल आएको थियो। एसजेवाई१८२ कल साइन भएको यस विमान २७ वर्षयता सेवामा रहेको बीबीसीले जनाएको छ।

FlightRadar

प्रत्यक्षदर्शी र विमान खोजिरहेका अधिकारी के भन्छन्?
प्रत्यक्षदर्शीले आफूहरुले विमान समुन्द्रमा खसेको देखेको बताएका छन्। विमान समुन्द्रमा खस्दा ठूलो बिस्फोट भएको र त्यसले ठूलो छालहरु निम्त्याएको सोलिहिन नाम गरेको माझीले बीबीसीलाई बताएका छन्।

उनले उक्त विस्फोटपछि आफूहरु माछा नमारी फर्किएको बताए। उनी भन्छन्,‘बिमान चट्याङजस्तै समुन्द्रमा खस्यो र पानीमा ठूलो धमाका छायो। हामी नजिकै थियौं। विमानका टुक्राहरु हाम्रो जहाजसँग ठोक्कियो।’

परिजनशोकमा छन् बेपत्ता भएको विमानमा सवार याुत्रका आफन्त

घटनास्थल नजिकैको टापुमा बस्ने मानिसहरुले पनि विमानका टुक्राहरु फेला पारेको बताएका छन्।

नेसनल सर्च एन्ड रेस्क्यु एजेन्सीका अधिकारी बामबैंग सुरयो अजीले आफूहरुले विमान दुर्घटनाग्रस्त भएको क्षेत्र पत्ता लगाउने कोशिश गरिरहेको र आफूहरुले आज रातभरमा उक्त क्षेत्र पत्ता लगाउने बताएका छन्।

उनले पनि समुन्द्रमा विमानको टुक्रा भेटेको बताएका छन्। यद्यपी त्यो सोही विमानको हो कि हैन भनेर अनुसन्धान भइरहेको छ।

यसअघि इन्डोनेसियामा सन् २०१८ को अक्टोबर २९ मा बोइङकै विमान दुर्घटनाग्रस्त बनेको थियो। 

त्यसबेला ७३७ म्याक्स विमान दुर्घटनामा पर्दा उक्त विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो।

हालको विमान ७३७ मोडलको भएपनि म्याक्स भने नभएको बताइएको छ।

उक्त दुर्घटनापछि बोइङको म्याक्स ७३७ पुनः दुर्घटनामा परेको थियो। इथियोपियन एयरलाइन्सको विमान सन् २०१९ मार्च १० मा दुर्घटनामा परेको थियो।

त्यसबेला विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको थियो। बोइङको म्याक्स ७३७ लगातार दुर्घटनामा पर्दा उक्त मोडलका विमानहरु विश्वभर ग्राउन्डेड भएका थिए।

विमानको आपूर्तिकर्ताहरुले पनि उक्त मोडलका विमान खरिद गरेनन्। यस क्रममा बोइङले ठूलो आर्थिक संकट व्यहोरेको थियो।

हालै बोइङ ७३७ वेपत्ता भएको खबरले बोइङलाई अर्को झट्का लागेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .