शनिबार इन्डोनेसियामा ६२ यात्रु बोकेर उडेलगत्तै बेपत्ता भएको विमान खसेको स्थान पत्ता लागेको त्यहाँका अधिकारीले बताएका छन्।
श्रीविजया एयरको बोइङ ७३७ विमान राजधानी जकार्ताबाट उडेको केही बेरमै सम्पर्कविहीन भएको थियो। विमान समुद्रमा खसेको आशंका गरिएको छ।
हिजो खाेज्दाखाेज्दै रात परेपछि आज (आइतबार) बिहानै फेरि खोजी सुरु गरिएको हो।
अहिले दुर्घटना भएको सम्भावित क्षेत्रमा १० जहाज र नेभीका गोताखोर खाेजीमा जुटिरहेका छन्।
बीबीसीका अनुसार विमानको भग्नावशेष ठानिएका सामग्रीको अनुसन्धानकर्ताले विश्लेषण गरिरहेका छन्।
याे पनि : इन्डोनेसियामा बेपत्ता भएको विमानबारे प्रत्यक्षदर्शी माझी भन्छन्ः समुन्द्रमा खस्दा ठूलो विस्फोट भयो
प्रतिक्रिया