समाज


भारतीय नागरिक चढेको कार नागढुंगामा चेक गर्दा भेटियो डेढ करोड

भारतीय नागरिक चढेको कार नागढुंगामा चेक गर्दा भेटियो डेढ करोड

नेपालखबर
पुस २०, २०७७ सोमबार ८:२८,

काठमाडौंको नागढुंगाबाट भारतीय नागरिक १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ परेका छन्।

भारत गोरखपुर घण्टाघर घर बताउने ३० वर्षीय अमित कुमार गुप्ता उक्त रकमसहित पक्राउ परेका हुन्। कपिलवस्तुको बाँडगंगा नगरपालिका ४ का २२ वर्षीय कार चालक संगम थारु पनि उनीसँगै पक्राउ परेका छन्।

सोमबार बिहान साढे ४ बजे नागढुंगा चेक प्वाइन्टबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले कारमा विभिन्न स्थानमा राखिएको अवस्थामा उक्त रकमसहित फेला पारेको हो।

रकमको स्रोत नखुलेकाले उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए।

कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कार चेक जाँचका क्रममा उनी पक्राउ परेका हुन्।

बरामद रकम कारको डिक्किमा, स्पेयर टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइएका ३ वटा झोलामा फेला परेको प्रहरीले जनाएको छ।

गुप्ताको साथबाट ८६ हजार रूपैयाँ बरामद भएको हो। उक्त रकम भारतबाट भारतीय रूपैयाँ ल्याई नेपालको सीमा क्षेत्रमा पटक पटक गरी नेपाली रुपैयाँ सटही गरेको उनले बताएका छन्।

उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग पठाउने तयारी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad