समाज


बेलायतमा सस्तो र फ्रिजको तापक्रममा राख्न सकिने कोरोनाविरुद्धको खोपको प्रयोग सुरु

बेलायतमा सस्तो र फ्रिजको तापक्रममा राख्न सकिने कोरोनाविरुद्धको खोपको प्रयोग सुरु

नेपालखबर
पुस २०, २०७७ सोमबार ८:३९,

एस्ट्राजेनिका र अक्सफोर्डले संयुक्त रुपमा निर्माण गरेको यस खोप सोमबारदेखि बेलायतमा लगाउन सुरु गरिने रोयटर्सले जनाएको छ।

यस खोप ७० प्रतिशत प्रभावकारी भएको बताइएको छ। सामान्य फ्रिजको तापक्रममा राख्न सकिनु र सस्तो भएका कारण यस खोपको आगमनसँगै यतिबेला सबै खुशी भएका छन्।

यसअघि बेलायलते फाइजर–बायोएनटेकको खोप प्रयोगमा स्वीकृति दिएको थियो। उक्त खोपको प्रतिडोज मूल्य १८.४० देखि १९.५० अमेरिकी डलर रहेको बताइएको छ।

एस्ट्राजेनिका र अक्सफोर्डको खोप फाइजर–बायोएनटेकको भन्दा सस्तो छ।

सोमबार ६ वटा अस्पतालले यस खोप मानिसहरुमा प्रयोग गर्नेछ। पहिलो चरणमा ५ लाख ३० हजार डोज खोप प्रयोग गर्न लागिएको बताइएको छ।

त्यसपछि अन्य सयौं स्थानमा यस खोप प्रयोगका लागि खुला हुनेछ। आगामी महिनाभित्रै करोडौं डोज खोप उपलब्ध हुने बताइएको छ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानकक भन्छन्,‘यो डरलाग्दो भाइरसबिरूद्धको हाम्रो लडाईको निर्णायक क्षण हो र मलाई आशा छ कि यसले सबैलाई नयाँ आशा प्रदान गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .