ad ad

समाज


दक्षिण कोरियाको लागि खतराको घण्टीः जन्मभन्दा मृत्युदर बढी

दक्षिण कोरियाको लागि खतराको घण्टीः जन्मभन्दा मृत्युदर बढी

नेपालखबर
पुस २०, २०७७ सोमबार ८:२२,

जन्मदर भन्दाबढी मृत्युदर देखिएपछि यसले खतराको संकेत दिएको विज्ञहरुले बताएका छन्। यो गम्भीर चिन्ता भएको र यसबारे चिन्तन गरिनुपर्ने उनीहरुको भनाइ छ।

गतवर्ष कोरियामा २ लाख ७५ हजार ८ सय शिशु जन्मिए भने ३ लाख ७ हजार ७६४ व्यक्तिको मृत्यु भयो।

यस्तै गतवर्षको जन्मदर सन् २०१९ को भन्दा १० प्रतिशतले कम भएको पनि बताइएको छ।

यस घटनालाई मध्यनजर गर्दै दक्षिण कोरियाले आफ्नो नीतिमा बदलाब ल्याउने योजना बनाएको छ। त्यहाँको गृहमन्त्रालयले आफ्नो नीतिमा मूलभूत बदलाव ल्याउने बताएको छ।

घट्दो जनसंख्याले दक्षिण कोरियामा अत्यधिक दाबाब सिर्जना गरेको बताइन्छ।

बढ्दो उमेरका मानिसको जनसंख्या बढ्दौ जाँदा स्वास्थ्य सेवा र पेन्सनमा अधिक राजस्व खर्च गर्ने दबाब बढेको छ भने न्यून जन्मदरका कारण जनसंख्या खट्दा जनशक्तिको कमी भइरहेको छ।

गत महिना राष्ट्रपति मुन जाय इनले जन्मदरको समस्यासँग जुध्नको लागि कयौं नीतिको सुरुवात गरेका थिए। यसमा परिवारलाई नगद सहयोगको विषय पनि समेटिएको थियो।

योजना अन्तर्गत सन् २०२२ सम्ममा जन्मिने हरेक बच्चाको परिवारलाई सरकारले २० लाख वन सहयोग दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .