समाज


कोरोना परीक्षण तीव्र गतिमा भएको भन्दै ट्रम्पले ज्वाइँ ज्यारेड कुस्नरलाई थर्काएका थिए..

कोरोना परीक्षण तीव्र गतिमा भएको भन्दै ट्रम्पले ज्वाइँ ज्यारेड कुस्नरलाई थर्काएका थिए..

नेपालखबर
पुस १८, २०७७ शनिबार ११:३,

तीव्र गतिमा कोरोना परीक्षण गर्न सकेका कारण अमेरिकामा धेरै संक्रमित देखिएको र धेरै मात्रामा आफूहरु कोरोना नियन्त्रण गर्न सफल भएको उनको भनाइ छ।

यद्यपी न्युयोर्क टाइम्सको खबरअनुसार कोरोना परीक्षण तीव्र गतिमा भएको भन्दै राष्ट्रपति ट्रम्पले आफ्ना ज्वाइँ ज्यारेड कुस्नरलाई थर्काएका थिए।

अमेरिकामा तीव्र परीक्षण भएपछि ट्रम्प दबाबमा परेका थिए। किनभने अमेरिकामा सबैभन्दा धेरै संक्रमित देखिँदै थिए।

पहिले कोरोनालाई चिनियाँ भाइरस बताउने ट्रम्पले यो खतरनाक नहुने बताउन गर्दथे।

तर अमेरिकामा तीव्र गतिमा कोरोना फैलिएपछि भने उनले चीनले कोरोनाको वास्तविक खतराको बारेमा जानकारी लुकाएको आरोप लगाएका थिए।

पछि उनी स्वयं कोरोना संक्रमित भएका थिए भने उनी मास्कसमेत लगाउन बाध्य भए। त्यसअघि उनी मास्क लगाउन अटेर गर्दथे।

अमेरिका सबैभन्दा बढी कोरोना संक्रमति बनेपछि उनले आफ्नो रिस ज्वाइँलाई पोखेको द टाइम्सले पनि उल्लेख गरेको छ।

सो क्रममा ट्रम्पले कोरोना परीक्षण रोक्ने प्रयास समेत गरेको समाचारहरुमा जनाइएको छ। ट्रम्प मेक्सिकोको कार्यविधि अपनाउन चाहन्थे। ट्रम्पले बिरामी भएपछि मात्र कोरोना परीक्षण गराउनुपर्छ भनेका थिए।

न्युयोर्क टाइम्ससहित विभिन्न संचारमाध्यमले यो विषय सार्वजनिक गरिरहँदा ह्वाइट हाउसले भने ट्रम्प र ज्यारेडबीच यस्ता विषयमा कुराकानी नै नभएको प्रतिक्रिया जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad