राजनीति


पार्टी वैधानिकतालाई लिएर ओलीको प्रश्न : असली र नक्कली भन्नलाई पार्टी बरमझियाको बुढाको पेडा पसल हो?

पार्टी वैधानिकतालाई लिएर ओलीको प्रश्न :  असली र नक्कली भन्नलाई पार्टी बरमझियाको  बुढाको पेडा पसल हो?

नेपालखबर
पुस १८, २०७७ शनिबार १०:४८,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको वैधानिकतालाई लिएर प्रचण्ड–नेपाल समूहमाथि कटाक्ष गरेका छन्।

उनले निर्वाचन आयोगमा निवेदन हाल्दैमा वैधानिकता प्राप्त नहुने बताए।

उनले –प्रचण्ड नेपालले पार्टी फुट्यो भनेर आफूहरु आधिकारी दावी गरेर निर्वाचन आयोगमा दावी गरेको बताए।

‘मैले हिजो निर्वाचन आयोगबाट एउटा पत्र प्राप्त गरेँ, उहाँहरुले एउटा निवेदन हाल्नु भएको रहेछ, असली हामी हौँ भनेर’, उनले भने, ‘यो बरमझियाको बुढाको पेडा पसल हो? असली र नक्कली?’

प्रधानमन्त्री ओलीले आफू निर्वाचन आगोगमा निवेदन हाल्न नजाने बताए। ‘जसको घर हो ऊ निवेदन हाल्न जान्छ? मेरो घर हो भनेर’ जसको जमिन हो ऊ मेरो जमीन हो भनेर जान्छ, हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन, उनले भने। असली बुढाको पेडा पसल हो भनेर पेरिसडाँडामा १२/१५ जानले पत्रकार सम्मेलन गरेको बताए।

उनले आफूहरुले पार्टी विधिसम्मत रुपमा सञ्चालन गरेको दावी गरे। ‘भेट्नो कुहेर झरेका दुई फलहरुले रुखै मै हुँ भनेर दावी गर्ने?’ उनले भने।

उनले आफूले प्रचण्ड र नेपाललाई आफूहरुले बैठकमा बोलाएको र उनीहरु नआएको बताए।

‘हामीले पुष्पकमल दाहाललाई पार्टीको अध्यक्ष र माधवकुमार नेपाललाई वरिष्ठ नेताबाट हटाएका छैनौँ, अरु पनि केही साथीहरु आउनुभएको छैन् केही कारण होलान्’, उनले भने।

 प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव कुमार नेपाल पार्टीबाट बाहिरिएपछि पार्टीले गति लिन थालेको बताए। ‘दूईवटा नट के निस्किएका थिए गाडी अगाडि बढ्न थालीहाल्यो’, उनले भने।

उनले एक वर्षसम्म गर्ने भनिएको एकता तीन वषसम्म पनि गर्न नदिएको आरोप लगाए।

प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०२१ शुद्धीकरणको वर्ष हुने भन्दै यसले कम्युनिस्ट आन्दालनका सबैखाले विकृति र विसिंगतिलाई पाखा लगाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad