राजनीति


ओलीको दावी : प्रचण्ड–नेपाल समूहको हालत रत्नपार्कमा औषधि बेच्नेको जस्तै हुन्छ

ओलीको दावी : प्रचण्ड–नेपाल समूहको हालत रत्नपार्कमा औषधि बेच्नेको जस्तै हुन्छ

नेपालखबर
पुस १८, २०७७ शनिबार ११:१४,

प्रधानमन्त्री केपी ओली प्रचण्ड–नेपाल समूहको हालत केही समयमै रत्नपार्कमा औषधि बेच्नेको जस्तै हुने बताएका छन्।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ जिल्लाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी पुटपछि प्रचण्ड–नेपाल समूहले जनविश्वास गुमाएको बताए।

उनले पार्टी फुटलगत्तै प्रचण्ड–नेपाल समुह १२÷१५ जनाको समूह लिएर पत्रकार सम्मेलन गर्ने अवस्थामा पुगेको भन्दै छिट्टै रत्नपार्कका औषधी बेच्नेको हालतमा पुग्ने बताए।

‘गन्तव्यमा पुग्न त राजनीतिक एजेन्डा हुनुपर्‍यो नि। उहाँहरुको एजेन्डा देश होइन, जनता होइन, संविधानको रक्षा होइन’, उनले भने, ‘रत्नपार्कमा औषधि बेच्नेले पनि केही मानिस जम्मा गरेको हुन्छ अब उहाँहरुको अबको हालत त्यस्तै हुनेवाला छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad