ad ad

Draft


प्रतिनिधि सभा विघटन गरेर देशलाई अनिश्चिततातर्फ धकेलियो : पूर्वराष्ट्रपति यादव

प्रतिनिधि सभा विघटन गरेर देशलाई अनिश्चिततातर्फ धकेलियो : पूर्वराष्ट्रपति यादव

नेपालखबर
पुस १६, २०७७ बिहिबार १०:०,

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाई अनिश्चितताको बाटोमा धकेलेको बताएका छन्।

उनले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताए।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधि सभा विघटनको कदमले नेपालको लोकतन्त्र, संविधान र राष्ट्रियतालाई गम्भीर प्रभाव पारेको भन्दै चिन्ता व्यक्त गरे।

सो असंवैधानिक कदम सच्याउन जनस्तरबाटै दबाब दिनुपर्ने डा. यादवको भनाइ छ।

उनले एउटा विश्वसनीय संस्थाको रुपमा रहेको अदालतबाट त्यसबारे न्यायोचित र सहि निर्णय हुने विश्वास हुने व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .