ad ad

समाज


बिरामी पत्नी भेट्न अस्पताल पुगे प्रचण्ड

बिरामी पत्नी भेट्न अस्पताल पुगे प्रचण्ड

नेपालखबर
पुस १५, २०७७ बुधबार ११:४७,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नी बिरामी श्रीमती भेट्न अस्पताल पुगेका छन्।

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड पत्नी सीता दाहाललाई बुधबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

अध्यक्ष प्रचण्ड अपरान्ह बिरामी श्रीमतीलाई भेट्न अस्पताल गएको खुमलटार स्रोतले बतायो। त्यसअघि प्रचण्ड पेरिसडाँडामा पार्टी नेताहरुसँग छलफलमा थिए। छलफल सकिए लगत्तै उनी अस्पताल पुगेका हुन्।

अहिले उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छोरी गंगा दाहालले जानकारी दिएकी छन्।

उनको आकस्मिक कक्षमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी (प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी)बाट पीडित छन्।

प्रचण्ड परिवारले उनलाई थप उपचारका लागि यसै साता भारत लैजाने तयारी गरिरहेको थियो।

दाहालको यसअघि अमेरिका जोन हकिङ्स अस्पताल र सिंगापुरमा उपचार गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .