मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले स्कुटीसहित चालकलाई बगाएको छ।
सोमबार अपराह्न ३ बजेतिर कुलेखानी ड्याम नजिकै रहेको सिमखोला तर्ने क्रममा स्कुटीसहित चालक बाढीमा बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको परिचय भने हालसम्म खुल्न नसकेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी माधव काफ्लेले बताए।
‘एक जनाले चलाएको स्कुटी बगायो भन्ने खबर प्राप्त भएको छ,’ प्रवक्ता काफ्लेले भने, ‘तर कता जाँदै गरेको अवस्थामा बगाएको? बेपत्ता भएका व्यक्ति र स्कुटीको नम्बर केही पहिचान भएको छैन। खाजीकार्य जारी छ।’
स्कुटी चालक पुरुष भन्ने खबर आएको उनले बताए। स्कुटीसहित चालक बगेको भन्ने खबर प्राप्त भएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालित भएको छ। सुरक्षाकर्मी र स्थानीय बासिन्दाले बेपत्ता चालकको खोजी गरिरहेको छ।
Shares

प्रतिक्रिया