तुईत खोलामा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ।
सोमबार राति पौने ८ बजे तुईना खोलामा ढुंगा र लेदो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ।
‘तुईन खोलामा ढुंगा झरिरहेको छ, सेती दोभानमा माथिबाट लेदो आई सवारी आवनगमन दुईतर्फी अवरुद्ध बनेको छ,’ सडक सुपरभाईजर ईश्वर क्षेत्रीले भने।
दुई दिनदेखि लगातार पानी परिरहेको छ। सोमबार बिहानदेखिको ठूलो झरीले पहिरो हठाउन कठिनाइ भएको क्षेत्रीले जानकारी दिए।
सडक अवरुद्ध भएकाले सुरक्षित स्थानमा सवारी साधनलाई रोक्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ। ‘निरन्तर वर्षा भइरहेकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्णलाई हार्दिक आग्रह गरिन्छ,’ सडक डिभिजन कार्यालयले भनेको छ।
3
Shares

प्रतिक्रिया