सरकार र आन्दोलनरत उखु किसानका प्रतिनिधिबीच आज वार्ता हुने भएको छ।
उद्योग मन्त्रालयले सोमबार दिउँसो वार्ताको लागि आफूहरुलाई मन्त्रालयमा बोलाएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिए। सरकार र उखु किसानबीच दिउँसो ३ बजेको लागि वार्ताको समय तय भएको छ।
उद्योगीले उखुको पुरानो भुक्तानी नदिएपछि विगत तीन सातादेखि सर्लाहीसहितका जिल्लाका पीडित किसान राजधानी काठमाडौंमा बसेर आन्दोलन गरिरहेका छन्।
यसअघि पटकपटक सरकारले किसानको पुरानो भुक्तानी दिलाइदिने आश्वासन दिए पनि सबै किसानले उखुको भुक्तानी पाउन सकेका छैनन्। किसानले आन्दोलन सुरु गरेपछि कतिपय उद्योगले भने किसानलाई भुक्तानी दिन सुरु गरेका छन्।
उद्योग मन्त्रालयका प्रवक्ता डा.नारायणप्रसाद रेग्मीका अनुसार विभिन्न चिनी उद्योगले किसानलाई ९० करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ।
प्रतिक्रिया