ad ad

राजनीति


संसद् विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस

संसद् विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस

नेपालखबर
पुस १३, २०७७ सोमबार ४:२५,

संसद् विघटनविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज साेमबार देशभर सभा र प्रदर्शन गर्दै छ।

देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो।

तर सभापति शेरबहादुर देउवा पक्ष संसद्  पुन: स्थापनाका पक्षमा देखिएकाे छैन। तर अर्काे पक्ष असैंवधनिक रुपमा विघटन गराइएकाे संसद् पुन:स्थापनाकाे मुद्दा जबरजस्त उठाउने पक्षमा देखिन्छ।

यसर्थ आजको प्रदर्शनलाई  कांग्रेसले चुनावी अभियानका रुपमा पनि उपयोग गर्ने देखिन्छ। किनकि सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरिसकेको छ। 

यसैकारण विराेध कार्यक्रमका लागि धेरैजसाे कांग्रेस नेता आफ्नै निर्वाचन क्षेत्रमा खटिँदै छन्।

तर डडेलधुरा निर्वाचन क्षेत्र भएका सभापति देउवाले भक्तपुर कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

यस्तै झापा निर्वाचन क्षेत्र भएका प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर र काठमाडौं निर्वाचन क्षेत्र भएका केन्द्रीय गगन थापाले नेपालगञ्जको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफ्नै निर्वाचन क्षेत्र तनहुँको विराेध सभालाई सम्बोधन गर्दै छन्। यस्तै महामन्त्री शशांक कोइरालाले नवलपुरको कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

यसैगरी काठमाडौँ क्षेत्र नम्बर १ को सभालाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्नेछन् भने केन्द्रीय सदस्य मीनेन्द्र रिजाल मोरङकाे सभामा सहभागी हुँदै छन्।

आज काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरिने कांग्रेसले जनाएको छ।

यी हुन् ती स्थान
निर्वाचन क्षेत्र नम्बर १– नयाँबानेश्वरस्थित होटल एभरेस्टअगाडि

निर्वाचन क्षेत्र नम्बर २– कोटेश्वर चोक

निर्वाचन क्षेत्र नम्बर ३– जोरपाटी चोक

निर्वाचन क्षेत्र नम्बर ४– नारायणचौर नक्साल

निर्वाचन क्षेत्र नम्बर ५– महाराजगन्जस्थित नारायणगोपाल चोक

निर्वाचन क्षेत्र नम्बर ६– मनमैजुस्थित लोकतान्त्रिक चोक

निर्वाचन क्षेत्र नम्बर ७– बालाजु चोक

निर्वाचन क्षेत्र नम्बर ८– वसन्तपुर डबली

निर्वाचन क्षेत्र नम्बर ९– कलंकी चोक

निर्वाचन क्षेत्र नम्बर १०– कीर्तिपुर बजार

राजधानीका धेरैजसाे विराेध कार्यक्रम दिउँसाे १ बजे सुरु हुने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .