ad ad

समाज


फेरि पश्चिमी वायुको प्रभाव सुरु, यस्तो छ ३ दिनको मौसम अनुमान

फेरि पश्चिमी वायुको प्रभाव सुरु, यस्तो छ ३ दिनको मौसम अनुमान

नेपालखबर
पुस १३, २०७७ सोमबार १:२,

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) बागमती र गण्डकी प्रदेशको हिमाली भेगमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

तराई क्षेत्रमा क्रमशः हुस्सु लाग्न थालेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। ‘यो दिनभरिचाहिँ बस्दैन, मध्याह्नसम्म रहला,’ उनले भने।

महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ- तापक्रम चिसो रहिरहने तथा तराई र पहाडका केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

यसैबीच आज बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको उनले जानकारी दिए।

यो हिजो (आइतबार) भन्दा झन्डै १ डिग्री बढेको हो। हिजो काठमाडौं उपत्यकको न्यूनतम तापक्रम २.३ डिग्री रहेको महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार राति आकाश सफा भएका बेला बिहान तापक्रम घट्छ भने बादल लागेका बेला तापक्रम बढ्छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान

पुस १३गते (सोमबार)

दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस गते(मंगलबार)

दिउँसो : प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पुसगते(बुधबार)

दिउँसो :  कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : देशका उच्च हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .