सप्तरीमा १७ वर्षीया किशोरीको मिलको फित्तामा बेरिएर मृत्यु भएको छ।
अग्निसाइर कृष्णासवरन गाउँपालिका– ६ कि १७ वर्षीया नेमियाकुमारी पण्डितको कुटानीपिसानी गर्ने मिलको फितामा कपाल बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहका अनुसार आफैँ मिल चलाउँदै गर्दा उनी फित्तामा बेरिन पुगेकी थिइन्। उनको घटनास्थदमै मृत्यु भएको हो।
मिलमा बेरिएर किशोरी गम्भीर घाइते भएपछि आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका प्रहरीले जनाएको छ। घटनालाई नजिकबाट देखिरहेको एक जना ट्रयाक्टर चालकले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। किशोरीको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा राखिएको छ।
6
Shares
प्रतिक्रिया