नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना एक नेताको बहिनी भएकै आधारमा प्रहरीले घरमै गएर ढाड भाँचिने गरी कुटपिट गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।
नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरी आइतबार आफ्नो पार्टीका संखुवासभा सेक्रेटरी युवराज राईको घरमै गएर प्रहरीले कुटपिट गरी उनकी बहिनी चन्द्रकला राईको ढाड भाँचेको भन्दै भर्त्सना गरेका हुन्।
संखुवासभाको चैनपुर-४ मैदानेमा भएको यस घटनालाई प्रहरीले दोहोरो भिडन्त भनेर समाचार फैलाएको आरोप लगाउँदै विप्लव समूहले खण्डन गरेको छ।
साथै सुरक्षा निकायविरुद्ध आक्रमण गर्ने नीति आफूहरूको नरहे पनि राज्यले परिस्थितीलाई उक्साउने, उत्तेजित बनाउने काम जारी राखे शसक्त प्रतिरोध गर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
हेर्नुहाेस्, विज्ञप्ति
प्रतिक्रिया