ad ad

समाज


ठूलो आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल कारबाहीमा

ठूलो आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल कारबाहीमा

नेपालखबर
पुस ९, २०७७ बिहिबार ९:१४,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकललाई कारबाही गरेको छ।

ठूलो आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई कारबाही गरिरहेकाे महाशाखाले एक महिनाको अवधिमा ती मोटरसाइकलमाथि कारबाही गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारबाही गरिएको जानकारी दिए।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ।

महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढंगले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएकोले कारबाही गरेको जनाएको छ।

यस्ता गलत गरी चलाउने मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निगरानीमा राखिएको महाशाखाले जनाएको छ। यस्ता किसिमका मोटरसाइकलहरू कतै गुडिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी दिन महाशाखाले आग्रहसमेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .