प्रचण्ड–नेपाल नेतृत्वको नेकपा केन्द्रीय समितिको आज बिहीबार जारी बैठकमा महासचिव चयनसम्बन्धी कार्यसूची राखिएको छैन।
सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार महासचिव चयन सम्बन्धी एजेन्डा सो बैठकको कार्यसूचीमै राखिएको छैन।
‘नेकपा केन्द्रीय कमिटीको यस बैठकमा महासचिव चयन सम्बन्धी कार्यसूची छैन,’ रिजालले बताएका छन्, ‘सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूक्ति गर्ने जिम्मा बैठकले स्थायी कमिटीलाई दिने निर्णय गरेको छ।’
यसअघि स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा, वर्षमान पुन मध्येबाट कुनै एकजनालाई आज महासचिव चयन गर्ने संभावना रहेको बताइएको थियो।
तीमध्ये पनि पाण्डेलाई बनाउनेमा नेताहरुबीच समझदारी बनिसकेको समेत बताइएको थियो।
तर, अन्य प्रमुख कार्यविभाजन समेत सँगै गर्नुपर्ने प्रस्ताव समेत नेताहरुले गरेका थिए।

प्रतिक्रिया