ad ad

कला


राजु अधिकारीको कथा संग्रह ‘लावण्य देश’ सार्वजनिक

राजु अधिकारीको कथा संग्रह ‘लावण्य देश’ सार्वजनिक

नेपालखबर
पुस ९, २०७७ बिहिबार ९:२६,

लेखक राजु अधिकारीको कथा संग्रह ‘लावण्य देश’ सार्वजनिक भएको छ। यो २१ वटा छोटा कथाहरुको संग्रह हो।

शीर्षकथा लावण्य देशमा शिव शर्मा ब्राह्मण लावण्य देशको भ्रमणमा निस्केका हुन्छन्। तर त्यहाँका बासिन्दाहरुमा लोभ, लालच र स्वार्थका आत्म केन्द्रित भइसकेका हुन्छन्।

उनी आफैंले बनाएको नियम विपरीत उभिएर पनि ती मानिसमा सद्बुद्धि भरिदिन चाहन्छन्। तर उनले चाहे पनि मान्छे लोभ, लालच र स्वार्थको दलदलमा पूरै भासिइसकेका हुन्छन्।

लेखकले उल्लेख गरेको लावण्य देश पढ्दै गर्दा पाठकले नेपाल नै हो भनेर सहजै अनुमान लगाउन सक्छन्।

शीर्षकथा जस्तै अधिकारी अन्य कथाहरुमा पनि सामाजिक विसङ्गति र विकृतिका कथाहरु छन्।

ती कथाहरुलाई उनले मासु, जनै, भाले, काम, बन्ध्याकरण, माछामाछा भ्यागुतो जस्ता छोटा र रोचक शीर्षकमा प्रस्तुत गरेका छन्।

संग्रहमा रक्त क्रान्ति, सरकारी सुरक्षा गृह, न्याय हराएको सूचनाजस्ता राजनीतिक कथा पनि छन्।

संग्रहमा भएका कथाहरु मार्फत आफूले समसायिक र समाजका सबै पक्षको प्रतिनिधित्व गर्ने लेखक अधिकारी बताउँछन्।

लेखकले नयाँ पुस्तामा देखिएको अन्योल, पुस्तान्तर, लैंगिक असमानताजस्ता विषय पनि समेटेका छन्।

लावण्य देश वी रिडले प्रकाशनमा ल्याएको हो। १८४ पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .