समाज


सशस्त्र प्रहरी निरीक्षक र सहायक हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

सशस्त्र प्रहरी निरीक्षक र सहायक हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
पुस ८, २०७७ बुधबार ९:५१,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगरका प्रहरी निरीक्षक निरन्जनराज कार्की र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक कार्की र सहायक हवल्दार गुरुङलाई जनही ३५ हजार रुपैयाँ विगो कायम गरी आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

सशस्त्र प्रहरी निरीक्षक कार्कीको आदेशमा सहायक हवल्दार गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारको आरोप छ।

उनीहरुले भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने भनी सो रकम लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad