कारोबार


स्मलवर्ल्ड मार्फत इसेवा मनि ट्रान्सफरको रेमिटेन्स सेवा थप २२ देशबाट सुरु

स्मलवर्ल्ड मार्फत इसेवा मनि ट्रान्सफरको रेमिटेन्स सेवा थप २२ देशबाट सुरु

नेपालखबर
पुस ८, २०७७ बुधबार १०:०,

इसेवा मनि ट्रान्सफर र ‘स्मलवर्ल्ड’बीच रेमिटेन्स कारोबार गर्ने सम्झौता भएको छ। यो सेवा सुरु भएपछि अमेरिका, बेलायत, सेनजेन, ब्राजिल गरी २२ वटा देशहरुमा रहेका नेपालीहरुले ‘स्मलवर्ल्ड’ मार्फत नगद तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सकिनेछ।

नगदमा पठाइएको रकम नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका ८ हजारभन्दा एजेन्ट तथा इसेवा वालेट एपमा पनि प्राप्त गर्न सकिनेछ। त्यसैगरी बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ।

स्मलवर्ल्ड ग्राहकहरुको भरपर्दाे र विश्वासिलो भुक्तानी सेवाप्रदायक, रेमिटेन्स कम्पनी हो जसको सिद्धान्त विप्रेषण भुक्तानीको सेवा र माध्यमबाट विशाल संसारलाई सानो बनाउने रहेको छ।

स्मलवर्ल्डको विश्वभरि २ लाख ५० हजारभन्दा धेरै एजेन्ट सञ्जाल र ८०० भन्दा बढी दक्ष जनशक्तिद्वारा वार्षिक १ करोड ५० लाखभन्दा वटा भन्दा बढि कारोबार गर्दछ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिटेन्सका साथै एजेन्ट बेस रेमिटेन्स सेवामार्फत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ। हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट रेमिटेन्स पठाउँदा सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ।

इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad