समाज


हलो र उखु लिएर माइतीघर मण्डलामा उखु किसानको प्रदर्शन जारी

हलो र उखु लिएर माइतीघर मण्डलामा उखु किसानको प्रदर्शन जारी

नेपालखबर
पुस ८, २०७७ बुधबार ९:६,

उखु किसानहरुले बुधबार पनि हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

चिनी मिलबाट उखुको रकम भुक्तानीको माग गर्दै किसानहरु बुधबार पनि सडकमा निस्किएका हुन्। उखु किसानहरु मसिर २८ गते देखि विभिन्न जिल्लाबाट काठमाडौंको माइतीघर मण्डलामा आएर संघर्ष गरिरहेका छन्।

चिनी मिल सञ्चालकहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलनका कार्यक्रम नरोक्ने उखु किसानहरुले बताएका छन्। मिल सञ्चालकहरुबाट किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ।

सरकारले गत वर्ष नै किसानको उखुको रकम दिलाउने गरी उखु किसान र मिल सञ्चालक बीच सम्झौता गराएको थियो। सरकारको रोहबरमा एक महिना भित्रमा भुक्तानी दिने सम्झौता भएपनि किसानहरुले एक वर्ष सम्म पनि भुक्तानी पाउन सकेनन्।

त्यसैले किसानहरु फेरिपनि काठमाडौं आएर संघर्ष गर्न बाध्य भएका हुन्। यसपटक सरकारले उखु किसानहरुको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने बताएको छ तर अहिले सम्म कुनैपनि कारबाही गर्न सकेको छैन।

किसानहरुले सरकारसँग पटकपटक कुराकानी भएको तर उद्योगी र सरकारबीचको मिलेमतोका कारण भुक्तानी पाउन नसकेको बताएका छन्। किसानहरुले आफूहरुले पाउनुपर्ने रकमको भुक्तानी दिलाउने जिम्मेवारी सरकारले नलिँदासम्म संघर्षलाई जारी राख्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad