कारोबार


टिम कुकले इलोन मस्कसँग भेट्नै मानेका थिएनन्, अहिले मस्क विश्वकै दोस्रो धनाढ्य हुन्

टिम कुकले इलोन मस्कसँग भेट्नै मानेका थिएनन्, अहिले मस्क विश्वकै दोस्रो धनाढ्य हुन्

नेपालखबर
पुस ८, २०७७ बुधबार ९:०,

मस्क जो स्पेस एक्स कम्पनीका पनि मालिक हुन् उनले एप्पल कम्पनीका कार्यकारी अधिकृत टिम कुकसँग टेस्ला खरिद विक्रिबारे छलफल गर्न प्रस्ताव गरेका थिए।

तर टिम कुकले त्यसबेला इलोन मस्कसँग भेट्नै मानेनन्। त्यसबेला मस्कले टेस्ला ६० अर्ब अमेरिकी डलरमा बेच्ने योजना बनाएका थिए।

मस्कले यो विषय ट्वीटरमा खोलेका हुन्। यस विषयमा एप्पल र टिम कुकले कुनै प्रतिक्रिया जनाएका छैनन्।

मोडल ३ विद्युतीय कार बनाउँदा मस्क आर्थिक मारमा परेका थिए। सोही कारण उनले कम्पनी बेच्ने निधो गरेका थिए।

आर्थिक समस्याका कारण तनाव भएपछि आफू आफ्नो कम्पनीको छतमै सुतेको पनि उनको भनाइ छ।

Want a Job in Tesla or SpaceX?

तर उनी आर्थिक समस्याहरु समाधान गर्न सफल भए। ठिक तीन वर्षपछि यतिबेला टेस्लाको बजार मूल्य ६० अर्ब डलरभन्दा दश गुणा बढी भएको बीबीसीले जनाएको छ।

यतिबेला मस्क विश्वकै दोस्रो धनाढ्य व्यक्ति पनि हुन्। उनको व्यक्तिगत सम्पत्ति १४४ दशमलब ७ अर्ब अमेरिकी डलर भएको बताइएको छ।

Tim Cook Is Officially A Billionaire As Apple's Now Valued At US$2 Trillion

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad