राजनीति


‘प्रचण्ड–नेपालपक्षीय बैठकमा तीन सयबढी उपस्थित’

‘प्रचण्ड–नेपालपक्षीय बैठकमा तीन सयबढी उपस्थित’

नेपालखबर
पुस ७, २०७७ मंगलबार १०:११,

नेकपाको प्रचण्ड–नेपालपक्षीय केन्द्रीय समितिको बैठकमा तीन सयभन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलामा अहिलसम्म ३ सय २१ जनाको उपस्थिति रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

‘अहिलेसम्म ३ सय २१ जनाले हस्ताक्षर गर्नुभएको छ’, ती नेताले भने।

नेकपाको ४ सय ४६ सदस्यीय केन्द्रीय समिति रहेको छ। मंगलबार विहान अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बालुवाटारमा राखेको केन्द्रीय बैठक राखेको थियो। सो बैठकमा कति जना उपस्थित भएका थिए भनि सार्वजनिक गरिएको छैन।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले लामो विवादमा रहेको नेकपा औपचारिक रुपमा विभाजनको बाटोमा गएको हो।

प्रचण्ड–नेपाल पक्षले अहिले बबरमहलस्थित कार्की पार्टी प्यालेसमा राखेको केन्द्रीय समिति बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्दै अध्यक्ष पदबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गर्दैछ।

ओलीलाई अध्यक्षबाट हटाएपछि रिक्त पदमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष घोषणा गर्ने प्रस्ताव स्थायी समितिले तयार गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .