समाज


नयाँ रूपमा कोरोना भाइरस तेज गतिमा फैलिन थालेपछि बेलायतमा क्रिसमसका बेला कडा प्रतिबन्ध

नयाँ रूपमा कोरोना भाइरस तेज गतिमा फैलिन थालेपछि बेलायतमा क्रिसमसका बेला कडा प्रतिबन्ध

नेपालखबर
पुस ५, २०७७ आइतबार ०:२३,

कोरोना भाइरसले नयाँ रूप लिँदैै महामारी तीव्र बनेपछि बेलायतमा चौथोपटक लकडाउन घोषणा गरिएको छ।

त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार राति आयोजित पत्रकार सम्मेलनमार्फत लन्डनसहित केही क्षेत्रमा कडा प्रतिबन्ध घोषणा गरेका हुन्।

उनले भने, ‘यसपटक हामी क्रिसमस मनाउन सक्दैनौं।’

उनले चौथो चरणको प्रतिबन्ध पूर्वी र दक्षिणपूर्वी इङ्ग्ल्यान्डका केही इलाकासमेत लन्डनमा आजदेखि लागू हुने जानकारी दिए।

बेलायत सरकारले यसअघि क्रिसमसका लागि पाँच दिन प्रतिबन्ध खुला गर्ने घोषणा गरेको थियो। तर अहिले यसलाई घटाएर एक दिनमा सीमित गरिएको छ।

प्रधानमन्त्री जोन्सनका अनुसार कोरोना भाइरसले नयाँ रूप लिएर देशमा तेज गतिमा फैलिरहेको छ। अहिले अस्पतालमा बिरामीको संख्या बढ्दो छ। तर मृत्युदर खासै नदेखिएकाे बीबीसीले जनाएकाे छ। 

बीबीसीका अनुसार बेलायती प्रधानमन्त्री जोन्सनले भने, ‘भाइरसले रूप फेरेर आक्रमण गरिरहेकाले हामीले पनि त्यसलाई रोक्न रणनीति बदल्न जरुरी छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad