कोरोना महामारीका बेला मास्क नलगाएको भन्दै चिलीका राष्ट्रपति सेबास्टियन पिन्येराविरुद्ध ३५ सय डलर जरिवाना गरिएको छ।
यस महिनाको सुरुरवातमा एक महिलाका साथ राष्ट्रपति पिन्येराको तस्बिर (सेल्फी) सामाजिक सञ्जालमा भाइरल भएको थियो। जुन तस्बिरमा दुवै जनाले मास्क लगाएका थिएनन्।
बीबीसीका अनुसार त्यसपछि राष्ट्रपति पिन्येराले माफी माग्दै भने कि काचागुआ सहरस्थित समुद्र तटमाएक महिलाले आफूसँग तस्बिर खिच्न चाहेको तर मास्क लगाउनुपर्नेमा नलगाएको बताएका थिए।
Multan a Piñera en Chile con US$ 3500 por no usar tapabocas en la playa https://t.co/VpDOxq7kd6 pic.twitter.com/hIAXCqfTnP
— LA NACION (@LANACION) December 19, 2020

प्रतिक्रिया