स्याङजाको हरिनास गाउँपालिकामा १४ वर्षीय किशोरको हत्या भएको छ।
हरिनास गाउँपालिका ५ आग्रीडाँडाका १४ वर्षीय शेरबहादुर थापाको छिमेकी ३६ वर्षीय रेशम रानाले कोदालोले हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।
कोदालो प्रहारबाट किशोरको घटनास्थलमै मृत्यु भएको हो। हत्यामा संलग्न रानालाई प्रहरी पक्राउ गरेको छ। सामान्य विवादमा रानाले किशोरको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया