सप्तरीको बोदेबरसाईन नगरपालिका–३ कुशमारस्थित सार्वजनिक पोखरीमा माछा मार्ने बिषयमा दुई पक्षबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ।
आइतबार राति भएको कुटपिटबाट सोही ठाउँकी ४५ वर्षीया गंगिया देवी मण्डलको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँका ५० वर्षीय शिवशरण मण्डल, ४७ वर्षीय बिजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रबित मण्डल रहेका छन्।
झगडा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
कुटपिटबाट घाइते भएका ४ जनाको सिरहाको नर्सिङहोम लहानमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न मध्ये ३ जना फरार छन्।

प्रतिक्रिया