कारोबार


आठ महिना बन्दपछि पुनः सञ्चालनमा आयो मनकामना केबलकार सेवा

आठ महिना बन्दपछि पुनः सञ्चालनमा आयो मनकामना केबलकार सेवा

नेपालखबर
मंसिर २९, २०७७ सोमबार १०:२९,

आठ महिनाभन्दा लामो समयदेखि बन्द रहेको मनकामना केबलकार सेवा पुनः सञ्चालनमा आएको छ।

मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णयअनुसार आइतबारदेखि केबलकार सञ्चालनमा आएको हो।

आइतबार विहान ९ बजेदेखि सञ्चालनमा ल्याइएको केबलकारमा बिहान ७ बजेदेखि नै यात्रु तथा भक्तजनहरु अत्यन्त उत्साहका साथ गेटमा आई लाइनमा बसिसकेका थिए।

लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर र बजार खुलेसँगै केबुलकारबाट मन्दिर दर्शन गर्न जाने भक्तजनहरुको भीड लागेको हो।

केबलकारले यात्रुहरुलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको छ। जसअन्तर्गत केबुलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाइनमा बस्दा भौतिक दूरी, हात धुने आदि व्यवस्था मिलाईएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने समेत जनाएको छ।

कोरोनापछि खुलेको केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन गरिनेछ । तर शनिबारको दिन दर्शनार्थीहरुको चाप बढी भएमा विहान ८ बजेदेखि नै संचालनमा ल्याइने समेत ल्याईने केबुलकारले जनाएको छ ।

केबुलकार खुलेसंगै मनकामना क्षेत्र आसपासका व्यापार व्यवसायमा समेत चहलपहल देखिन थालेको छ।

केबुलकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसँग सम्झौता गरिसकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad