ad ad

समाज


वैदेशिक रोजगार कार्यालयका दुई विचौलियाविरुद्ध मुद्दा दर्ता

वैदेशिक रोजगार कार्यालयका दुई विचौलियाविरुद्ध मुद्दा दर्ता

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ११:४७,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका गाडी चालक र अर्का एक मध्यस्थकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

घुससहित पक्राउ परेका कार्यालयका हल्का सवारी चालक धन बहादुर तामाङ र मध्यस्थकर्ता रामानन्द चौधरी उपर विशेष अदालतमा आइतबार भ्रष्टाचार सम्बन्धी आरोप–पत्र दायर गरिएको हो।

सो कार्यालयमा कार्यरत हल्का सवारी चालक (करार) समिर भन्ने धन बहादुर तामाङ र मध्यस्थकर्ता चौधरीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृती लिन आएका सेवाग्राहीसँग काम छिटो गरीदिने भनी घुस/रिसवत लिएको अख्तियारको आरोप छ।

विशेष सूचना एवं उजुरीका आधारमा आयोगको टोलीले तामाङ र चौधरीलाई सेवाग्राहीबाट पटक पटक गरी २८ हजार पाँच सय रुपैयाँ घुस बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .