ad ad

राजनीति


क्वाड समूहलाई चुनौती दिन चीन र पाकिस्तानी हवाई सेनाले संयुक्त सैन्य अभ्यास गर्दै

क्वाड समूहलाई चुनौती दिन चीन र पाकिस्तानी हवाई सेनाले संयुक्त सैन्य अभ्यास गर्दै

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ११:५५,

हालै भारत, अमेरिका, जापान र अस्ट्रेलियाको क्वाड समूहले संयुक्त सैन्य अभ्यास गरेपछि चीन र पाकिस्तानले पनि सैन्य अभ्यास गर्न लागेका हुन्।

अबको केहीदिनमै सैन्य अभ्यास सुरु हुनेछ। यस सैन्य अभ्यास डिसेम्बर अन्तिम महिनासम्म जारी रहने बताइएको छ।

विज्ञहरुले क्वाड समूहलाई चुनौती दिन चीन र पाकिस्तानले सैन्य अभ्यास गर्न लागेको बताएका छन्।

चीनले क्वाड समूह आफूविरुद्धको मोर्चा भएको आरोप लगाउँदै आएको छ।

China and Pakistan conduct joint air drills -- with eye on India - Nikkei  Asia

सैन्य अभ्यास भारतको सिमानादेखि २ सय किलोमिटर पर गर्न लागिएको हो। चिनियाँ रक्षामन्त्री विइ फेङ्हीले हालै पाकिस्तानको भ्रमण गर्दा पाकिस्तानी सेनासँग सहकार्य गर्ने बताएका थिए।

यसबीचमा ‘साहिन अथवा फाल्कन–आइएक्स’ नामको सैन्य अभ्यास कराँची नजिकैको भोलारी एयर बेसमा गरिन लागिएको हो।

चिनियाँ र पाकिस्तानी सेनाले बनाएका हतियारहरु सैन्य अभ्यासमा प्रस्तुत गरिने पाकिस्तानको भनाइ छ। अमेरिकी युद्धक विमान भने यस सैन्य अभ्यासमा प्रयोग हुनेछैन।

पाकिस्तानी हवाई सेना यतिबेला चीनसँग निर्भर छ किनभने पाकिस्तानलाई आतंकवादीसँग सम्बन्ध रहेको बताउँदै अमेरिकाले हतियार निर्यातमा प्रतिबन्ध लगाएको छ। इकोनोमिक टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .