ad ad

राजनीति


प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ११:३५,

प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ।

आइतबार त्रिचन्द्र कलेजबाट नेविसंघका विद्यार्थीहरुले सिठी जुलुश प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको राजीनामा मागे।

विद्यार्थी नेताहरुले भोलि हुने कांग्रेसको देशब्यापी विरोध प्रदर्शनलाई सफल पार्न आह्वान पनि गरेका छन्।

कांग्रेसले भोलि (मंसिर २९ गते) देशका ७७ वटै जिल्लामा सरकार विरोधी प्रदर्शन गर्ने तयारी गरेको छ।

केही दिनअघि तनहूँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार तथा सरकारका गलत क्रियाकलापविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने कांग्रेसले घोषणा गरेको थियो।

nebisangh2-n.jpg

nebisangh3-n.jpg

nebisangh4-n.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .