समाज


भारतमा कोरोनाविरुद्ध खोप लगाउने तयारी तीव्र, ११२ पृष्ठको ‘गाइडलाइन’

भारतमा कोरोनाविरुद्ध खोप लगाउने तयारी तीव्र, ११२ पृष्ठको ‘गाइडलाइन’

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ०:९,

भारतमा कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गर्ने तयारी तीव्र रूपमा भइरहेको छ।

त्यसका लागि नेसनल एक्सपर्ट ग्रुप अन भ्याक्सिन एडमिनिस्ट्रेसन (एईजीभीएसी) ले निर्देशिका (गाइडलाइन) बनाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ११२ पृष्ठ लामो गाइडलाइनबारे स्वास्थ्य मन्त्रालयको टोलीले समीक्षा गरिरहेको छ। गाइडलाइनअनुसार हरेक चरणमा सय जनालाई मात्र खोप दिइनेछ। खोपको उपलब्धता तथा माग बढी भएका खण्डमा एकपटकमा २ सय जनासम्मलाई पनि दिन सकिनेछ।

राज्य तथा केन्द्र प्रशासित राज्यले आफ्नो क्षेत्रमा खोप लगाउने अभियान सुरु गर्ने मिति आफैंले तोक्न सक्नेछन्। भारतको केन्द्र सरकारले ६ देखि ८ महिनासम्ममा ३० करोड नागरिकलाई खोप लगाउने तयारी गरेको छ। त्यसका लागि ६० करोड खोप खरिद गरिनेछ।

एईजीभीएसका प्रमुख एवं नीति आयोगका सदस्य डा. बिके पालले खाप भण्डरणका लागि २ देखि ८ डिग्रीसम्मको तापक्रमको भण्डारस्थल व्यवस्था भइरहेको जानकारी दिएका छन्। उनका अनुसार चार किसिमका खोप सजिलै भण्डारण गर्न सकिनेछ। जसमा सिरम इन्स्टिच्युट, भारत बायोटेक, जायडस र स्पुतनिकका खोप पर्छन्।

सुरुमा देशमा अग्रपंक्तिमा काम गर्ने तथा कोरोनाको अति जोखिममा रहेका नागरिकलाई खोप दिइने भारत सरकारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad