लोपोन्मुख अवस्थामा पुगेको पाटेबाघ इलामको तीन हजार १६५ मिटर उचाइमा फेला परेको छ। यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन।
बिरालो जातको पाटेबाघ सिसी क्यामरा फुटेजमा देखिएको वन तथा भूसंरक्षण विभागले जनाएको छ। योसँगै नेपालमा पाटेबाघको संख्या २३५ पुगेको छ।
कञ्चनजंघा भूपरिधिमा जिपिएस कलर गरिएका १० रातो हाब्रे अनुगमन गर्न राखिएका २० क्यामेरा ट्रयापमध्ये एउटामा पाटेबाघ कैद भएको हो। यससँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भूपरिधिमा बिरालो प्रजातिको संख्या आठ पुगेको छ।
चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो यसअघि नै क्यामेरामा कैद भइसकेका थिए।
पहिलोपटक पाटेबाघ फेला परेको ठाउँ जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलीला निकुञ्जसँग जोडिएको छ। बाघको संख्या बढाउन नेपालले विभिन्न पहल गर्दै आएको छ।
Shares

प्रतिक्रिया