समाज


टिपर पल्टिँदा २ मजदुरको मृत्यु, चालकसहित ३ घाइते

टिपर पल्टिँदा २ मजदुरको मृत्यु, चालकसहित ३ घाइते

नेपालखबर
मंसिर २७, २०७७ शनिबार २३:५३,

बझाङको तलकोट गाउँपालिकामा पर्ने किरकिट्यामा टिपर पल्टिँदा दुई जना मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार चैनपुर–ताक्लाकोट सडकखण्डमा पर्ने किरकिट्यामा बा ३ क ६०० नम्बरको टिपर दुर्घटनामा परेको हो। दुर्घटनामा मनोज गाहा मगर र मनोज भट्टको मत्यु भएको प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। उनीहरु टिपरमा काम गर्ने मजदुर हुन्। टिपर सडकबाट झण्डै ६० फिट तल खसेको छ।

गम्भीर घाइते उनीहरुलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा टिपर चालक गोविन्द बिष्ट, सहचालक भरत धामी र मजदुर नेत्रबहादुर अधिकारी घाइते छन्।

कच्ची र अप्ठ्यारो सडकमा तीव्र गतिमा चलाउँदा टिपर पल्टिएको अनुमान प्रहरीले गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .