समाज


कलंकीमा ट्रकले अरु गाडीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, सात घाइते

कलंकीमा ट्रकले अरु गाडीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, सात घाइते

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १५:२८,

काठमाडौंको कलंकीमा ट्रकले अन्य सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

सो ट्रकको ब्रेक फेल हुँदा दुर्घटना भएको जनाइएको छ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबाहक ट्रक शुक्रबार साँझ ढुंगेअड्डामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका हुन्। 

शुक्रबार साँझ भएको सो दुर्घटनामा ज्यान गुमाएका र घाइतेको पहिचान खुलेको छ।

दुर्घटनामा परी ओखलढुंगाका करिव ३० वर्षीय शंकर परियारको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ।

break-fell1.jpg

सप्तरीका २६ वर्षीय रञ्जीत चौधरी, धादिङका ३६ वर्षीय रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका ३२ वर्षीय सुजन मानन्धर, बानेश्वरका २४ वर्षीय विशाल श्रेष्ठ, कास्कीकी ३० वर्षीया सन्ध्या थिङ घाइते भएकी छन्। घाइते मध्ये ३० वर्षीय गणेश शर्मा र २२ वर्षीय साजन खत्रीको भने ठेगाना खुलेको छैन।

घाइतेको शहिद अस्पताल कलंकीमा उपचार भइरहेको छ।

प्रदेश २ ०३००१ ख १४२० नम्बरको मालबाहक ट्रक ब्रेक फेल भएर अनियन्त्रित बनेको हो। ट्रकले अन्य ६ गाडीलाई समेत ठक्कर दिएको डिएसपी अपिलराज बोहराले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad