कारोबार


सञ्चालन भयो पहिलो वन्यजन्तु अस्पताल

सञ्चालन भयो पहिलो वन्यजन्तु अस्पताल

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १५:१६,

नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले आज शुभारम्भ गरे।

विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त, तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि अस्पतालले उपचार सेवा प्रदान गर्नेछ। बर्दिय राष्ट्रिय निकुञ्जलगायत देशका अन्य भागमा घाइते तथा रोगी भएका वन्यजन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्ने गरिएको थियो।

विसं २०७१ समा अस्पताल निर्माण शुरुआत गरिएको थियो। एक वर्षअघि नै निर्माण सम्पन्न भएपनि अस्पतालमा आवश्यक उपकरण तथा औषधि अभावमा सञ्चालनमा आउन सकेको थिएन। अस्पताल निर्माणमा करिब रु तीन करोड ९० लाख ८४ हजार खर्च भएको कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले जानकारी दिए।

अस्पताल निर्माण गर्न सरकार, डब्लुडब्लुएफ नेपाल, डेनभर जुको पनि सहयोग प्राप्त भएको थियो। सुविधा सम्पन्न दुई तले भवनबाट वन्यजन्तुको ओपिडी, ल्याब, शल्यक्रिया कक्ष, अफिस, डिस्पेनसरी, कर्मचारी अवास र बैठक कक्ष रहेका छन्। यसअघि वन्यजन्तुलाई उपचार गर्न बहोस बनाउन डाट गर्ने गरिदैँ आइए पनि अब अत्याधुनिक प्रविधिबाट ग्यास प्रयोग गरी वन्यजन्तुलाई असर नपर्ने गरी उपचार गर्न सकिने चिकित्सक जनाएका छन्।

अस्पताल सञ्चालनका लागि चितवन राष्ट्रिय निकुञ्ज र कोषले संयुक्तरुपमा ‘वन्यजन्तु अस्पताल व्यवस्थापन कार्यविधि २०७७’ तयार गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। अस्पताल सञ्चालनका लागि निकुञ्जको कार्यालयको भेटेरीनरी शाखका कर्मचार, वन्यजन्तु प्राविधिक र पशुचिकित्सको व्यवस्था गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad