कारोबार


शनिबार राजधानीका यी स्थानमा बिजुली काटिने

शनिबार राजधानीका यी स्थानमा बिजुली काटिने

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १६:६,

नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो।

सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ।

प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ।

प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad