ad ad

समाज


नेपाली सेनाद्वारा हाटबजार ट्रस्टघर हस्तान्तरण

नेपाली सेनाद्वारा हाटबजार ट्रस्टघर हस्तान्तरण

नेपालखबर
मंसिर २२, २०७७ सोमबार १३:४७,

नेपाली सेनाले रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका-५ महुवारी ईलाकामा व्यवस्थित हाट बजारको लागि निर्मित ट्रस्टघर गाउँपालिकालाई हस्तान्तरण गरेको छ।

सेनाको सामाजिक–आर्थिक विकासका पूर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने क्रममा श्री गरुडदल गणद्वारा निर्मित ट्रस्टघर श्री नं.२२ बाहिनी अड्डाका बाहिनीपति सुदर्शन सिलवालले गाउँपालिकाका अध्यक्ष केशवनन्द बाँनियालाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु तथा स्थानीयको उपस्थिती थियो।

कार्यक्रमको दौरान उल्लेखित ट्रस्टघर निर्माण कार्यमा सहयोग पुर्‍याउने मर्चवारी गाउँपालिकाका अध्यक्ष, वडा नं. ५ का वडा अध्यक्ष, गाउँपालिका कार्यालय र वडा नं. ५ कार्यालयलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बाँनियाले नेपाली सेनाको यस प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको बताएका थिए।

सो ट्रस्टघर निर्माणबाट करिब चार हजार स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .