राजनीति


हङकङबासीलाई बेलायतले हरेक मिनेटमा पाँचवटा बीएन‘ओ’ पासपोर्ट प्रदान गर्‍यो!

हङकङबासीलाई बेलायतले हरेक मिनेटमा पाँचवटा बीएन‘ओ’ पासपोर्ट प्रदान गर्‍यो!

नेपालखबर
मंसिर २२, २०७७ सोमबार १३:५९,

हङकङमा आफ्नो नियन्त्रणलाई मजबुत बनाउने चीनले यसैवर्ष नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएको छ।

यसबीचमा बेलायतले पहिले आफ्नो उपनिवेश रहेको हङकङका नागरिकलाई उनीहरुले चाहेमा बेलायतको राहदानी दिने प्रस्ताव गरेको थियो।

ब्लुमबर्गका अनुसार बेलायतको राहदानी कार्यलयले गएको १० महिनाको अवधिमा दुई लाख १६ हजार ३९८ हङकङबासीका लागि बिएन‘ओ’ पासपोर्ट जारी गरेको छ।

राहदानी प्रदान गरिएको समयलाई मध्यनजर गर्दा हरेक मिनेटमा बेलायतको राहदानी कार्यालयले ५ वटा बीएनओ पासपार्ट जारी गरेको देखिएको हो।

अक्टोबर महिनामा मात्र बेलायतले ६० हजार बीएनओ पासपोर्ट जारी गरेको थियो।

बेलायतले हङकङबासीलाई पासपोर्ट प्रस्ताव गरेको विषयमा चीन भने रुष्ट छ। चीनले बेलायतलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चुनौती दिँदै आएको छ।

सन् १९९७ मा बेलायतले चीनलाई हङकङ हस्तान्तरण गरेको थियो। त्यसबेला चीनले ५० वर्षसम्म हङकङलाई स्वतन्त्र छाड्नुपर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।

तर २३ वर्ष नहुँदै चीनले सुरक्षा कानुन लागू गरिदिएर हङकङको स्वतन्त्रता खोसेको र आफूसँगको सम्झौता उल्लंघन गरेको बेलायतको अरोप छ।

यसबीचमा अमेरिकाले पनि हङकङसँगको विशेष व्यापार सम्बन्धलाई तोडिदिएको छ। एक देश दुई प्रणालीको अस्तित्वलाई चीनले मेटाएको बेलायत र अमेरिकाको आरोप छ।

चीनले भने हङकङको विषयमा टिप्पणी नगर्न चेतावनी दिँदै आएको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad