संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा राजावादीहरुले शनिबार प्रदर्शन गरेका छन्।
शनिबार मध्यान्ह १ बजे भरतपुरको केन्द्रीय बस टर्मिनलबाट सुरु भएको र्याली हाकिमचोक–चौबीसकोठी– वीरेन्द्र क्याम्पसचोक – लायन्सचोक – शहिदचोक – पुलचोक –पोखराबसपार्क – आँपटारी हुदैँ पुनः केन्द्रीय बस टर्मिनलमा गएर समापन भएको छ।
राष्ट्रवादी नागरिक समाज चितवनले युवाहरुको राजसंस्थाप्रतिको मोहलाई मध्यनजर गर्दै देशव्यापी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रदर्शन गरेको बताए।
र्यालीमा भरतपुर महानगरपालिका, राप्ती, रत्ननगर, कालिका, माडीलगायतका क्षेत्रबाट र छिमेकी जिल्ला नवलपुरबाट समेत देशभक्त र स्वतन्त्र युवाहरुको सहभागिता रहेको थियो।
प्रर्दशनमा युवाहरुले राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लगाएका थिए।
Shares

प्रतिक्रिया