समाज


भीरबाट मोटरसाइकल खस्दा नेकपाका नेताको मृत्यु, अढाई किमी तल भेटियो शव

भीरबाट मोटरसाइकल खस्दा नेकपाका नेताको मृत्यु, अढाई किमी तल भेटियो शव

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ४:१८,

नुवाकोटको तारकेश्वर गाउँपालिका-६ मा मोटरसाइकल दुर्घटना हुँदा नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ।

गएराति तारेकश्वर गाउँपालिका-१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोला भन्ने ठाउँमा भिरबाट बा२७ प ८६५८ मोटरसाइकल खस्दा तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

धादिङका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी अढाई किलोमिटर तल खसेका थिए।

दुर्घटनापश्चात् मोटरसाइकल सडक छेउमै अड्किएको भए पनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ज्यान गुमाएका तामाङ विसं २०७४ वैशाखमा भएको स्थानीतयहको निर्वाचनमा तारकेश्वर गाउँपालिका–६ मा साविक नेकपा एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए।

पार्टी एकतापश्चात् उनी नेकपाको स्थानीय नेताको रूपमा राजनीतिमा सक्रिय थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad