काठमाडौं उपत्यकासहित आज देशभरकै मौसम सफा छ। आज बिहानैदेखि देशैभर घाम लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो जस्तै आज पनि देशका धेरै ठाउँमा दिनभरी घाम लाग्ने छ। आज बिहान काठमाडौं उपत्यकाकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ।
उपत्यकामा आज दिउँसोको अधिकतम तापक्रम भने २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।
आज बिहान सबैभन्दा कम तापक्रम जुम्लामा मापन गरिएको छ। जुम्लाको न्युनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया