काठमाडौंको कलंकीस्थित हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली हानेको आरोपमा काठमाडौं प्रहरीले सडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाललाई नियन्त्रणमा लिएको छ।
प्रहरीले खनालको घरबाट दुई थान हतियार र ५० राउन्ड गोलीसमेत बरामद गरेको छ। बरामद हतियार लाइसेन्सप्राप्त हुन्।
महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार गएराति शर्माको तीनतले घरको दोस्रो तलामा गोली प्रहार भएको हो। उक्त कोठामा शर्माकी छोरी रहेकी थिइन्। गोलीले झ्यालको जाली र पर्दा छेडे पनि कुनै दुर्घटना भने हुन नपाएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार इन्सास राइफलको जस्तो देखिने गोली १ राउन्ड छिरेको थियो। हाल प्रहरी वृत्त कालीमाटीबाट प्रहरी निरीक्षकको कमान्डमा अपराध महाशाखाबाट प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।
शर्माको घर कलंकीमाई मन्दिरस्थित पूर्वपट्टि सामाजिक मार्गमा रहेको छ।

प्रतिक्रिया