समाज


पत्रकार रुबी रौनियारलाई ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’

पत्रकार रुबी रौनियारलाई ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’

नेपालखबर
साउन १४, २०७६ मंगलबार ९:५३,

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ तथा ‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ एक कार्यक्रमकाबीच मंगलबार वितरण गरिएको छ।

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु. ५१ हजार राशीको पुरस्कार रौनियारलाई प्रदान गरिएको हो।

सात प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट १/१ जनालाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ प्रदेश नं १ बाट सुजन तिम्सिना (इलाम), २ बाट सन्तोष सिंह (जनकपुर), ३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौं)लाई गरिएको प्रदान गरिएको छ।

यसैगरी ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट २÷२ जनालाई प्रदान गरिने रु १५ हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट प्रदेश नं. १ बाट रोहित राई (सुनसरी) र सुशीला पाठक (मोरङ), प्रदेश नं. २ बाट बृजलाल प्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही), प्रदेश नं. ३ बाट शरद अधिकारी (काठमाडौं) र सविता श्रेष्ठ (चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत) र शान्ता कमली (लमजुङ), प्रदेश नं. ५ बाट विकास बन्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट) र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ) र भूमिराज जोशी (बझाङ) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली ( काठमाडौं)लाई पुरस्कृत गरिएको छ।

त्यसैगरी संस्थागतमा एफएमतर्फ २० हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं. १ बाट तमोर एफएम (ताप्लेजुङ), प्रदेश नं. २ बाट रेडियो अपन मिथिला (महोत्तरी), प्रदेश नं. ३ बाट रेडियो सन्देश (मकवानपुर), गण्डकी प्रदेशबाट ह्याप्पी एफएम (नवलपुर), प्रदेश नं. ५ बाट रेडियो मदनपोखरा (पाल्पा), कर्णाली प्रदेशबाट रेडियो शारदा (सल्यान), सुदूरपश्चिमबाट रेडियो जनप्रिय (अछाम) र उपत्यकाबाट क्यापिटल एफएम (काठमाडौं)लाई पुरस्कृत गरिएको हो। संस्थागततर्फ नै छापाबाट शिक्षालय मासिक (ललितपुर), अनलाइनबाट सेतोपाटी डटकम र टेलिभिजनबाट जनता टिभीलाई २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गरिएको हो।

त्यसैगरि नेपाल पत्रकार महासंघ र मदरल्याण्ड नेपालको सहकार्यमा प्रदान गर्दै आएको ‘लैंङ्गिक समानता पत्रकारिता पुरस्कार’ बाट यस वर्ष तीनजना पत्रकारलाई पुरस्कृत गरिएको छ।

पुरस्कृत हुने पत्रकारहरुमा सुजित कुमार झा, जनकपुर (एभिन्यूज टिभी), तिलसरा विक, हुम्ला (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) रहेका छन्।

लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमुलक र प्रभावशाली समाचार र आलेख प्रकाशन/प्रसारण गरी पत्रकारिता गर्ने मध्येबाट तीन जना पत्रकारलाई पुरस्कृत गरिएको महासंघले जनाएको छ। पुरस्कृत पत्रकारलाई ४० हजार नगद तथा सम्मान–पत्र सहित सम्मान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले पेशागत दक्षता र राष्ट्रप्रतिको प्रतिवद्धतामा समर्पित भई पत्रकारिता गर्न आवश्यक रहेको बताए। उनले विगतमा आफुले पनि पत्रकारिता गरेको स्मरण गर्दै पुरस्कारले पत्रकारलाई धेरै आड भरोसा दिने बताए।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शिक्षा पत्रकारिता पुरस्कार मार्फत धेरै पत्रकारहरु पुरस्कृत गरिएको भएतापनि मूल्याङ्कनका आधारमा दक्ष पत्रकारहरुलाई पुरस्कृत गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad