कोरोना संक्रमणबाट कास्कीको पोखरा महानगरपालिकामा थप तीन जनाको मृत्यु भएको छ।
प्रदेश स्वास्थय निर्देशनालयका अनुसार संक्रमित दुई महिला र एक पुरषको निधन भएको हो।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएपछि गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा महानगरपालिका ७ की ७६ वर्षीया महिलाको शुक्रबार बिहान साढे ७ बजे निधन भएको हो।
त्यस्तै पोखरा महानगरपालिका ३२ की ६६ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। उनीमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यसैगरी चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–२ का ५९ वर्षीय पुरूषको मृतयुपछि कोरोना पुष्टि भएको छ।
मंसिर ५ गते कोरोना पुष्टि भएका ती पुरुषको मंसिर १० गते मृत्यु भएको थियो। उनी मिर्गौला र मधुमेहसम्बन्धी समस्या पनि पीडित रहेका थिए।
Shares
प्रतिक्रिया